चौतर्फी दबाबपछि मन्त्रीलाई लाइनमा राख्नखोज्ने सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा

Advertisement

काठमाडौं । चौतर्फी दबाबपछि गरुड सेक्युरिटिअन्तर्गत ठमेलको छाया सेन्टरमा रहेको क्यानेडियन इमिग्रेशन सेन्टरमा काम गर्ने सुरक्षागार्ड शेरजंग गुरुङ रिहा भएका छन् । 

संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठको दबाबमा शुक्रबार पक्राउ परेका उनलाई सोमबार चौतर्फी दबाबपछि रिहा रिहा गरिएको हो । गुरुङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाँडले निर्देशन दिन बाध्य भएका थिए । 

Advertisement

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार गुरुङलाई आवश्यक प्रक्रिया पूरा गरी रिहा साधारण तारेखमा रिहा गरिएको हो । उनीसँग प्रशासनले केहीबेर बयान पनि लिएको थियो । 

बयानमा गुरुङले आफूले कुनै गल्ती नगरेको र आफ्नो ड्युटी पूरा गरेको बयान दिएका थिए । क्यानडा जाने प्रयोगका लागि बायोमेट्रिक गर्न पुगेका पर्यटनमन्त्री श्रेष्ठले लाइन मिचेर अघि बढेपछि गुरुङले रोकेर लाइनमा बसाउने प्रयास गरेका थिए । त्यसपछि उनलाई अभद्र व्यवहारको आरोपमा पक्राउ गरी हिरासतमा राखिएको थियो । 

Advertisement

Advertisement