नेपाल बैंकर्स संघले जाजरकोटमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

Advertisement

काठमाडौँ । नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिद्वारा मंगलबार जाजरकोट, खलङ्गामा वित्तीय साक्षरता तथा सहुलियतपूर्ण कर्जा सम्बन्धमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । 

संघ कर्णाली प्रदेश समितिका संयोजक राजनकुमार पोखरेलको अध्यक्षता रहेको सो कार्यक्रममा सांसद गणेशप्रसाद सिंह, नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश प्रमुख विनय सिग्देल, जिल्ला समन्वय समितिका प्रमुख कालिबहादुर खत्री, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही, वीमा समिति कर्णाली कार्यालय प्रमुख पदम सोडारी, बैंकका प्रतिनिधिहरु र स्थानियहरुको उपस्थिती थियो । 

Advertisement

कार्यक्रममा संघ, कर्णाली प्रदेश समितिका संयोजक पोखरेलले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा कार्यविधि तथा सहुलियतपूर्ण कर्जाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Advertisement

Advertisement