राउण्ड टेवल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित

Advertisement

काठमाडौँ । राउण्ड टेवल नेपालको गत शनिबार सम्पन्न २२औं साधारणसभाबाट राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएका छन् ।  

चितवनको नारायणघाटस्थित सिराइचुली होटलमा भएको साधारणसभाबाट उपाध्यक्ष नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत मुरारका र राष्ट्रिय सम्पादकमा निखिल बंशल चयन भएका हुन् । 

Advertisement

निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत आनन्द बाहेतीले आफ्नो कार्यकालमा गरेका कामको बारेमा अवगत गराएका थिए । सो कार्यक्रममा जर्मनी, फ्रान्स, भारत, बंगलादेशलगायतका मुलुकबाट अतिथिहरु आएका थिए ।

साधारणसभामा देशभरबाट ४ सयभन्दा बढी सदस्यहरुको सहभागिता रहेको थियो ।

Advertisement

Advertisement