प्रचण्डले चुनावपछि विकास र संवृद्धिमा ध्यान दिने, ‘राजनीतिक क्राान्ति गरियो, अब आर्थिक क्रान्ति गर्ने’

Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संसदीय चुनावपछि आफ्नो सम्पूर्ण ध्यान विकास र सम्बृद्धिको यात्रामा लगाउने बताएका छन् । 

राजनीतिका कुटिल खेलाडीको रुपमा चिनिएका उनले बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा राजनीतिक क्रान्ति पूरा भएको भन्दै अब आर्थिक क्रान्ति गर्न आफ्नो ध्यान जाने बताए । 

Advertisement

प्रचण्डले आर्थिक विकासलाई गति दिन निर्वाचनपछि ऐन कानूनमा आवश्यक सुधार गरिने बताउँदै चुनावपछि आफ्नो सम्पूर्ण जीवन आर्थिक विकास र सम्बृद्धिका लागि समर्पित हुने बताएका हुन् । 

प्रचण्डले आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने जिकिर गर्दै प्रधानमन्त्री बनेर देश विकास गर्ने इच्छा प्रकट गरे । अहिले देश विकासको लागि वातावरण तयार भएको उनको तर्क छ । 

प्रचण्डले राजनीतिक स्थिरतापछि सम्पूर्ण जीवन आर्थिक समृद्धिमा समर्पण गर्ने दोहोर्याउँदै आगामी निर्वाचनपछि आफ्नो नेतृत्वमा पुनः देशलाई आर्थिक विकासको गति दिन ऐन कानूनमा आवश्यक सुधार र संशोधन गर्ने बताए । राजनीतिक पार्टी र अन्य देशहरुसँगको सहकार्यलाई नयाँ उचाईमा पुर्याउने उनको इच्छा थियो । 

प्रचण्डले भने, ‘अब हामी शान्ति र स्थिरताको युगमा प्रवेश गरेका छौं । अब देश विकासको निम्ति वातावरण तयार भएको छ । अहिले नेपालमा जुन परिवर्तन आएको छ । राजनीतिक नेतृत्वको हैसियतले मैले केही समय अगाडि संविधान सभाबाट संविधान घोषणा भएपछिको निर्वाचन अगाडि नेपाली जनता र अन्तर्राष्ट्रिय मित्रहरुकोसामु पनि राजनितिक परिवर्तन र स्थिरताको निम्ति धेरै मेहनत ग¥यौं । अब बाँकी आर्थिक समृद्धिको लागि हाम्रो ध्यान केन्द्रित हुनेछ भनेर केही प्रयोग गर्न खोजियो । त्यो प्रयोग गरियो र सफल भएन ।’ 

उनले थपे, ‘अब हामी दोस्रो लोकतान्त्रिक निर्वाचनलाई सम्पन्न गर्ने प्रक्रियामा छौं । मलाई विश्वास छ । मैले त्यतिबेला जे प्रतिवद्धता गरेको थिएँ । अब मेरो हैसियतमा राजनीतिक स्थिरतापछि सम्पूर्ण जीवन अब आर्थिक विकास, आर्थिक समृद्धिको लागि र सामाजिक न्याय र समान्ताका निम्ति समर्पित गर्ने प्रतिवद्धता जनाएको थिएँ । अब चाहन्छु आगामी निर्वाचनपछि फेरि एकपटक देशलाई आर्थिक विकासमा गति दिनको निम्ति ऐन कानूनमा आवश्यक सुधार र संशोधनसहित राजनीतिक पार्टीहरु र अन्तर्राष्ट्रिय मित्रहरु बीचको सहकार्यलाई नयाँ उचाईमा उठाइनेछ । यसमा परिसंघका पदाधिकारीहरुले खेलेको भुमिका धेरै महत्वपूर्ण छ ।’ 

प्रचण्डले वर्तमान अवस्थामा निजी क्षेत्रको सहभागिता र विश्वास नलिकन देशले आर्थिक विकास र समृद्धिको यात्रालाई गति दिन नसक्ने बताए । उनले संविधान सभाबाट संविधान निर्माण गर्दा नै निजी क्षेत्रलाई महत्व दिएको दाबी गर्दै संविधान निर्माणपछि हरेक राजनीतिक दलको घोषणामा निजी साझेदारी अवधारणा अघि सारिएको पनि बताए । 

Advertisement

Advertisement