बेलायती महारानी एलिजाबेथको ९६ बर्षमा निधन

Advertisement

काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । बिहीबार दिउसो स्कटल्यान्डस्थित बालमोरल दरबारमा उनको निधन भएको हो ।

सन् १९२६ अप्रिल २१ मा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने रानी हुन् । उनले सात दशक शासन गरेकी छन् । बेलायतसँगै १४ वटा कमनवेल्थ देशको राष्ट्रप्रमुख रहेकी एलिजाबेथ शालीन महारानीका रुपमा लिइन्छ । 

Advertisement

सन् १९३६ डिसेम्बरमा राजा एडवर्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्नका लागि सिंहासन त्याग्ने निर्णय लिएपछि १० उनलाई महारानी बन्ने बाटो खुलेको थियो ।

उनका बुबा राजकुमार अल्बर्टलाई राजा जर्ज चौथोको उपाधि मिलेपछि जेठी छोरी एलिजाबेथ उत्तराधिकारी बनेकी थिइन् । पिताको निधनपछि सन् १९५२ फेब्रुअरी ६ मा २५ वर्षको उमेरमा उनले राजगद्दी आरोहण गरेकी थिइन् । 

एलिजाबेथले स्वास्थ्यका कारण यसअघि नै जेठो छोरा तथा उत्तराधिकारी युवराज चार्ल्सलाई हस्तान्तरण गरेकी छन् । उनले युवराज चार्ल्स राजा बनेपछि पत्नी क्यामिला रानी बन्ने यसअघि नै प्रस्ट पारेकी थिइन् ।

Advertisement

Advertisement