बेलायतमा चार्ल्स नयाँ राजा घोषित, ‘ईश्वरले राजाको रक्षा गरून्’ भन्दै नेताहरुले नारा लगाए

Advertisement

लण्डन (सिन्ह्वा) । राजा चार्ल्स तृतीयलाई औपचारिकरूपमा बेलायतको नयाँ नरेश घोषणा गरिएको छ । यहाँस्थित सेन्ट जेम्स दरबारमा आयोजित विशेष समारोहमा उनलाई नवनरेश घोषणा गरिएको हो । 

त्यसअघि राजपरिषद्को बैठकले चाल्सलाई नयाँ राजाका रूपमा घोषणा गर्ने निर्णय गरेको थियो ।     
घोषणासभामा उपस्थित प्रधानमन्त्री लिज ट्रस, पूर्वप्रधानमन्त्री, प्रमुख पादर राजनीतिज्ञ तथा विशिष्ट व्यक्तिहरूले ‘ईश्वरले राजाको रक्षा गरून्’ भन्दै नारा लगाएका थिए । गत बिहीबार महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि बेलाइतको संविधानअनुसार युवराज चाल्र्स स्वतः राजा भएका हुन् ।  
     
शुक्रबार नै चाल्सले राजसिंहासन सम्हाल्दै दिवङ्गत महारानीले देश र जनताका निम्ति गरेको सेवा एवम् जिम्मेवारी आफूले पनि पूर्ण इमानदारी एवम् निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

Advertisement

साथै उनले आफ्नी आमाका प्रेरणादायी पथलाई अनुशरण गर्ने दृढता पनि व्यक्त गरे । राष्ट्रका नाममा व्यक्त सम्बोधनमा नवनरेश चाल्सले “मलाई यो महान् विरासत र सार्वभौमसत्ताको कर्तव्यबारे अवगत छ, म यो गहन जिम्मेवारी इमानदारी एवम् सजगताका साथ निर्वाह गर्नेछु,” भने ।  

Advertisement

Advertisement