चिरिबाबु पनि बालेनकै पथमा, लगनखेलको पेट्रोल पम्प सिल गरियो

Advertisement

ललितपुर । काठमाडौं महानगरका मेयर बालेन शाहको सिको गर्दै ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले पनि अनधिकृत संरचना हटाउन थालेका छन् । 

सोही क्रममा आइतबार उनले लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प सिल गरेका छन् । महानगरका नगर प्रहरी गएर उक्त पम्प सिल गरेका हुन् । उक्त पम्प अनधिकृतरुपमा निर्माण भएको र हटाउन आग्रह गर्दा पनि अटेर गरेकाले सिल गरिएको जनाइएको छ । 

Advertisement

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो नगर क्षेत्रभित्र निर्माण गरिएका अनधिकृत संरचनादेखि डिजिटल बोर्डहरु हटाउने कार्यलाई तीब्रता दिएका छन् । 

Advertisement

Advertisement