त्रिविमा महिनौको तालाबन्दीले संगठन र पार्टी बदनाम भएपछि नेविसंघको त्रिवि इकाई विघटन

Advertisement

काठमाडौं । विश्वविद्यालयमा लामो समय तालाबन्दी गर्ने, गुण्डागर्दी गरेर प्राध्यापकहरुलाई निर्घात कुटपिट गर्ने, अस्वस्थ राजनीतिक प्रतिस्पर्धा गर्ने नेपाल विद्युत संघको त्रिभुवन विश्वविद्यालय इकाई विघटन गरिएको छ । 

संघको त्रिभुवन विश्वविद्यालय समितिले गर्दा संगठनसँगै उसको मातृ पार्टी नेपाली कांग्रेससमेत बदनाम भएपछि बाध्य भएर इकाईलाई विघटन गरिएको हो । देशको ठूलो र पूरानो विश्वविद्यालय लामो समय तालाबन्दी गरेर अस्तव्यवस्त बनाएका कारण सत्तारुढ विद्यार्थी संगठन नेविसंघको चर्को आलोचना हुँदै आएको थियो । 

Advertisement

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्ति जारी गर्दै विश्ववद्यालय क्याम्पस कीर्तिपुरमा क्रियाशील सम्पूर्ण समितिहरू विघटन गरिएको बताएका छन् । 

उनले तत्कालै केन्द्रीय प्रतिनिधि घटाएर क्याम्पस अधिवेशन गर्ने पनि बताएका छन् । उनले आजपछि कुनै पनि सांगठनिक गतिविधि नगर्न र नियमविपरीतका क्रियाकलापसमेत नगर्न निर्देशनसमेत दिएका छन् । 

Advertisement

Advertisement