हाम्रा नेता कार्यकर्ताले जनताको बीचमा जाने र जनमुखी काममा मेहनत नै गरेनन्ः प्रचण्ड

Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र आगामी निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन् । 

बिहीवार पार्टी कार्यालयमा आयोजित कार्यक्रममाले नेकपा माओवादीलाई नै जनताले देशको चाबी सुम्पिन चाहेको स्पष्ट भएको बताए । प्रचण्डले स्थानीय निर्वाचनबाट देशवासीले देशको राजनीतिक कता लैजाने भन्नेकुराको निर्णय गर्न माओवादीलाई रोजेको तर्क गर्दै माओवादी नेता, कार्यकर्ताहरुले जनताको बीचमा जानुपर्ने कुरा लगायतका जनमुखी काम गर्न मिहेनत नगरेको पनि बताए । 

Advertisement

उनले पार्टी भित्रको व्यवस्थापनलाई राम्रोसँग मिलाउनसके आगामी निर्वाचनमा (माओवादी केन्द्र) नै पहिलो कम्युनिष्ट पार्टी बन्ने बताए । पार्टीले विधिगत उम्मेदवार खडा गरेपछि सबैले पार्टीको जितको लागि आवश्यक मेहनत गर्नुपर्ने बताउँदै स्थानीय निर्वाचनबाट र पार्टीका अनुभवबाट शिक्षा लिएर आगामी आउँदो निर्वाचनमा सन्तुलित, स्पष्ट, पारदर्शी र एकतावद्ध ढंगले पार्टी अघि बढ्ने बताए । 

माओवादी पार्टी कमजोर भए र माओवादी र जनताको सम्बन्ध सदृढ, सुमधुर हुन नसके कुनैपनि बेला संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र हुनसक्ने प्रचण्डको आशंका छ । उनले भने, ‘सकेसम्म सन्तुलित स्पष्ट, पारदर्शी र एकतावद्ध ढंगले यो ब्याटल जित्न हामीले अनुशासित ढंगले पहल गर्न जरुरी छ । स्थानीय निर्वाचनको सन्दर्भबाट गठबन्धनभित्रको सन्दर्भमा पनि शिक्षा लिने कुरा र पार्टी भित्रको सन्दर्भमा पनि शिक्षा लिएर यो ब्याटलमा हामीले आफूलाई फौजको रुपमा अघि बढाउने भनेर पार्टीका बैठकमा प्रयास गरिरहेका छौँ ।’ 

प्रचण्डले थपे,  ‘ मैले के देख्छु भने यो पार्टी फेरि एकपटक राम्रो रिभाइभ हुने पूरै सम्भावना छ । माओवादी पार्टी जनतामा अहिले स्थानीय निर्वाचनबाट एउटा सन्देश के हो भने जनता अहिले पनि माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहन्छन्, देशको राजनीति कता लैजाने भन्ने कुराको फैसला माओवादीले गरोस् भन्ने चाहना छ जनताको भन्नेकुरा प्रष्ट देखिएको छ । हामी माओवादी नेता, कार्यकर्ताहरु यो बीचमा जति मेहनत गर्नुपर्ने, जति एकतावद्ध हुनुपर्ने हो, जति जनताको बीचमा जानुपर्ने, त्यहाँ कमी छन् भन्ने कुरा हामीले अनुभव गर्दै आएका छौँ । यो आत्मसाथ गर्न आग्रह गर्छु । जनता हाम्रो साथमा छन् । स्थानीय तहको निर्वाचनमा पार्टी भित्रको व्यवस्थापनलाई राम्रोसँग व्यवस्थापन गर्न सकेको भए देशको १ नम्बर कम्युनिष्ट पार्टी बन्ने वस्तुगत आधार क्लियर देखिन्छ । त्यो मनोगत मूल्यांकनको कुरा होइन । आन्तरिक व्यवस्थापन राम्रो नगर्दा जनताको साथ हुँदा पनि देशको पहिलो पार्टी बन्ने अवसर गुमायौँ । पार्टीले विधिगत उम्मेदवार खडा गरेपछि त्यो व्यक्ति रहँदैन, पार्टीले जित्ने वा हार्ने मुख्यकुरा हुन्छ । यो सानाो कुरा सबेले बुझे माओवादी पार्टी प्रदेश र संघको निर्वाचनमा देशको पहिलो कम्युनिष्ट पार्टी बन्छ ।’

उनले माओवादी केन्द्रलाई वैचारिक ढंगले परिमार्जन गर्न आवश्यक रहेको बताए । उनले पार्टी भित्रका सम्बन्धलाई सहज बनाउने र जनसम्बन्धलाई पनि घनिष्ट बनाउने कुरामा पार्टी लाग्नुपर्ने आवश्यकता रहेको बताए ।समाजवादको लागि कम्युनिष्टहरुबीचमा एकताको आवश्यक रहेको भन्दै उनले व्यवहारिक संघर्षलाई निरन्तरता दिनुपर्ने खाँचो रहेको बताए । 

Advertisement

Advertisement