महाभियोग समितिद्धारा प्रधानन्यायाधीशलाई आठ घण्टादेखि खानसमेत नदिई बन्धक

Advertisement

काठमाडौं । महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई शुक्रबार बिहान बिहान ९ बजेदेखि बन्धक बनाएको छ । 

जबरालाई बयानमा हस्ताक्षर गराउने नाममा समितिको बैठक स्थल सिंहदरबारमा आठ घण्टादेखि खानासमेत नदिई बन्दीको जस्तो व्यवहार गरिएको हो । 

Advertisement

उनीमाथि लगाइएको महाभियोगको प्रस्ताव असोज २ गतेबाट निष्क्रिय हुने भएपछि उनलाई सकेसम्म राजीनामा गराउन वा कानुनी अडचनमा पारेर कार्यालय जान नसक्ने परिस्थिति निर्माण गर्न सत्ता गठवन्धनसम्वद्ध साँसदहरुले न्यायालयको प्रमुखमाथि अमानवीय व्यवहार गरेका छन् । 

निडर र स्वाभिमानी स्वभागका जबराले आफू दबाबमा राजीनामा नदिने बरु महाभियोगको सामना गर्ने अडान राख्दै आएका छन् । जबराले बयानका क्रममा न्यायालयभित्रका विकृति र राजनीतिक हस्तक्षेप उदाङ पारिदिएपछि उनको विरोधीहरु झन झस्किएका छन् भने आम मानिसहरुबाट भने सहानुभूति पाएका छन् । 

सिंहदरबारमा बिहान ९ बजेदेखि शुरु भएको बैठकमा अहिले प्रधानन्यायाधीश जबराले समितिमा दिएको बयानलाई हस्ताक्षर गराउने प्रयास भइरहेको छ । १७४ पेजको बयान पढेर जबरालाई सुनाउने काम भइरहेको र सबै पढेर सुनाइसक्न करिव ७ घण्टाको समय लाग्ने समितिका सदस्य मीन विश्वकर्माले बताएका छन् । तर जबराले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । तर समितिका सदस्यहरुले भने दबाब दिएर जबरालाई हस्ताक्षर गराउन लगाउने प्रयास गरेका छन् । 

सुरुमा हस्ताक्षर गर्न अस्वीकार गरेका जबराले पछि ६५ पृष्टमा हस्ताक्षर गरेका थिए । कुल १७४ पृष्टको बयानमध्ये बाँकी पृष्टमा शनिबार हस्ताक्षर गर्ने बताइएको छ । समितिले शनिबार नै संसद्‌लाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । आइतबारबाट संसद विघटन हुने र जबराविरुद्धको महाभियोग प्रस्ताव पनि निष्क्रिय हुँदैछ । 

Advertisement

Advertisement