इटालियन डिजाइनमा निर्मित टारो ब्राण्डको नयाँ शोरुम इटहरीमा, चाडपर्वमा विशेष छुट अफर

Advertisement

काठमाडौं । एसजी गु्रप अन्तर्गत ओम मोटोकर्प प्रालिले गत वर्ष नेपाली बजारमा भित्रिएको इटालियन डिजाइनमा निर्मित टारो ब्राण्डका मोटरसाइकल तथा स्कुटरको इटहरीमा पनि नयाँ शोरुम सञ्चालनमा आएको छ । 

कम्पनीले काठमाडौं र हेटौंडापछि इटहरीमा नयाँ शोरुम विस्तार गरिएको हो । विश्वकर्मा पूजाको अवसरमा कम्पनीका म्यानेजिङ डाइरेक्टर सुदीप घिमिरेले शोरुम गरेका हुन् । 

Advertisement

आकर्षक लुक्स र उच्चतम प्रविधिमा निर्मित टारो व्राण्डका मोटरसाइकल तथा स्कुटरको चासो पूर्वाञ्चलबाट अधिक आएको भन्दै कम्पनीले ग्राहकको उक्त चाहना पूरा गर्न नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो । 

विभिन्न देशमा बिक्री वितरण भइरहेको प्रचलित ब्राण्ड हो । रेस इडिशनमा निर्मित टारोका बाइक तथा स्कुटरहरु नेपाली युवाहरुमाझ लोकप्रिय रहने विश्वास कम्पनीको रहेको छ । हाल ओमकर्पले टारो व्राण्डका जीपी २ २००, जीपी १ २५०, र जीपी १ ४०० गरी तीन मोडलका वाइक नेपाली वजारमा बिक्री वितरण गर्दै आएको छ भने स्कुटरको हकमा १५० सीसीका दुई मोडल इमोला र एलेक्स टी९ १५० ग्राहकको लागी उपलब्ध गराएको छ । 

यस ब्राण्डका मोटरसाइकल तथा स्कुटरमा विशेषता स्वरुप सीबीएस ब्रोकिङ, केलेस इग्निशन, ईएफआई, अण्डर सिट एक्सर्टस, टीएफटी डिस्प्ले, एरोडाइनामिकल्ली बुल्ट, प्रोजेक्टर हेडल्याप आदि रहेका छन् । कम्पनीले आउने १ महिना भित्र बिक्रीपछिको सेवालाई समेत विस्तार गर्ने योजना बनाएको छ । 

टरो ब्राण्डका मोटरसाइकल र स्कुटरमध्ये जीपी २ २००को मूल्य पाँच लाख ५० हजार रुपियाँ, जीपी १ २५० को छ लाख ५० हजार रुपियाँ, जीपी १ ४०० को नौ लाख ५० हजार रुपियाँ, इमोला १५० को मूल्य तीन लाख ३० हजार रुपियाँ र एलेक्स टी९ १५० को मूल्यको मूल्य तीन लाख ४५ लाख रुपियाँ रहेको छ । 

दशैं तिहारको अफर अन्तर्गत टेरो ब्राण्डको इमोलाको खरीदमा १५ हजार रुपियाँ, जीपी २ २०० मा ३० हजार रुपियाँ, जीपी १ २५० को मूल्य २० हजार रुपियाँ छुट प्रदान गरिने जनाइएको छ । बम्पर अफरमा एक जना ग्राहकलाई ५ वर्षको सवारी कर तथा बीमा निःशुल्क गरिने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement