राष्ट्रपतिद्धारा जबरा नै प्रधानन्यायाधीश भएको पुष्टि गर्दै आज शितल निवासमा आमन्त्रण

Advertisement

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले आज सोमबारको संविधान दिवसको कार्यक्रममा चालेन्द्रशम्शेर जबरालाई आमन्त्रण गरेकी छन् । सरकार र सत्तारुढ दलहरुले उनलाई प्रधानन्यायाधीश स्वीकार गर्न आनाकानी गरिरहेको बेला राष्ट्रपतिद्धारा प्रधानन्यायाधीशकै हैसियतमा जबरालाई निम्तो पठाएकी हुन् । 

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना हुने कार्यक्रमको लागि राष्ट्रपति कार्यालयबाट दीपक कार्कीलाई नभई प्रधानन्यायाधीश भनेर जबराई निम्तो आएको स्रोतले जानकारी दियो । यससँगै घरमै नजरबन्दमा रहेका जबरालाई सरकारले अब बाध्य भएर नजरबन्द हटाउनुपर्ने परिस्थिति निर्माण भएको छ । 

Advertisement

प्रतिनिधिसभाको अन्त्य भएसँगै जबराको महाभियोग प्रस्ताव पनि स्वतः निष्क्रिय भई जबरा निलम्बन मुक्त भए पनि सरकारले भने आइतबार कार्यालय जान लागेको बेला रोकेर घरमै नजरबन्द गरेको थियो । 

तर आज राष्ट्रपतिले नै आमन्त्रण गरेकाले यसअघि खोसियतको सुरक्षाकर्मीहरु फिर्ता गरेर सुरक्षा व्यवस्थासहित संविधान दिवसको कार्यक्रममा जान दिनुपर्ने बाध्यता सरकारलाई भएको छ । 

यता सर्वोच्च अदालतमा राष्ट्रपति कार्यालयबाट कार्कीलाई निम्तो नआई जबरालाई निम्तो आएपछि जबरा विरोधी केही न्यायाधीश र वकिलहरु निराश भएका छन् । राष्ट्रपतिबाटै जबरालाई प्रधानन्यायाधीशको मान्यता प्रदान भएपछि जबरालाई मंगलबार कार्यालय आउन सरकारलाई पनि रोक्न नैतिक संकट थपिने भएको उनीहरु त्रसित भएको स्रोतको भनाई छ । 

तर यस विषयमा राष्ट्रपतिको मुख्य निजी सचिव भेषराज अधिकारीले खुलेर बताउन चाहेनन् । उनले आफूलाई यसबारेमा जानकारी नभएको दावी गरे । 

Advertisement

Advertisement