गरिमा विकास बैंकद्वारा संबिधान दिवसको दिन ५० हजार ग्राहकलाई विभिन्न बैकिङ सेवा प्रदान

Advertisement

काठमाडौँ । गरिमा विकास बैंकले संविधान दिवसको दिन आज १२० शाखा कार्यालयहरु र १ एक्स्टेन्सन काउण्टरबाट वृहत वित्तीय साक्षरता एवं घरदैलो कार्यक्रम तथा चाडपर्वको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत एवम् सम्पूर्ण विभागीय प्रमुख लगायत एक हजार कर्मचारीहरु मार्फत नेपालभर करिब ५०,००० ग्राहकहरुलाई विभिन्न बैकिङ सेवा प्रदान गरिएको हो । 

Advertisement

आउँदै गरेको चाडपर्वलाई ध्यानमा राख्दै पैसाको रेखदेख कसरी गर्ने, सामाजिक सञ्जालबाट हुने सम्भावित ठगीबाट कसरी बच्ने, बचत गर्नुको फाईदाहरु लगायतका विषयहरुको बारेमा सूचना सम्प्रेषण गरिएको थियो । साथै, बैंक खाता खोल्न ईच्छुक ग्राहकहरुलाई उनीहरुको घरआँगनमै बैंक खाता खोलिएको थियो ।

बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर एवं ५१ एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । 

Advertisement

Advertisement