अपहरण काण्डमा सामेल भएको आरोप लाग्दै आएका पूर्वआईजीपी खनाल एमाले प्रवेश

Advertisement

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई बिहीबार एमाले अध्यक्ष केपी ओलीले पार्टीमा भित्राएका हुन् । 

यसअघि ओली नेतृत्वको सरकार हुँदा साँसद अपहरणमा सहभागी भएको भन्दै खनालको चर्को आलोचना पनि भएको थियो । एमालेसँगै निकट रहेका उनलाई आज पार्टी कार्यालयमा धुमधामसहित पार्टी प्रवेश गराएको हो । 

Advertisement

खनाललाई स्वागत गर्नका लागि एमाले महासचिव शंकर पोखरेल लगायत नेताहरू कार्यक्रममा उपस्थित थिए । सो अवसरमा विभिन्न साना पार्टी रहेका मानिसहरुलाई पनि एमालेमा प्रवेश गराइएको थियो । 

प्रहरी संगठनमा रहँदा अर्का प्रतिस्पर्धी रमेश खरेलसँग खनालको निकै ठूलो कटुता थियो । नेताहरुलाई खुशी बनाएर आफू जसरी पनि आईजीपी बन्ने अभियानमा खनाल लागेपछि खरेलले राजीनामा दिएका थिए । 

Advertisement

Advertisement