कांग्रेसविरुद्ध कांग्रेस नै विरोधमा उत्रिने, शनिबार खबरदारीसभा

Advertisement

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहको विरोधमा सोही पार्टीको शेखर कोइराला समूह विरोधमा उत्रिने भएको छ । कोइराला समूहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको विरोधमा शनिबार खबरदारीसभा गर्ने भएको छ । 

देउवा र उनको समूहले टिकट वितरणमा एकलौटी गर्ने प्रयास गरेको भन्दै कोइराला समूहले विरोधमा खबरदारीसभा गर्न लागेको हो । पाँच दलीय गठवन्धनमा भागबण्डा गर्नुपर्ने भएकाले पार्टीले पाउने कोटा घटिरहेको बेला देउवाले एकलौटी गर्ने देखिएपछि कोइराल समूह सशंकित भएको हो । सोही आशंकाका कारण कोइराला समूहले हरेक दिनजसो समानान्तर बैठक आयोजना गर्दै आएको छ । 

Advertisement

देउवाले आफ्नो समूहलाई टिकट वितरणमा सम्मानजनक व्यवहार नगरे प्रतिकार गर्ने भन्दै कोइराला समूहले समानुपातिक सूचीमा देउवाले एकलौटी गरिसकेको गुनासो गरेका छन् । सो समूहले अरु पार्टीलाई ८०–८५ सिट दिने तर आफ्नै पार्टीभित्र अर्को समूहलाई सम्मानजनक हैसियत नदिने देउवाको शैली ठिक नभएको भन्दै आफूहरुसँग देउवाले छलफलसमेत नगरेको बताएका छन् । 

Advertisement

Advertisement