चुनाव प्रचार अभियानमा रहेका ओलीले तराई गएर पैसा तिरेर रेल चढे

Advertisement

जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी ओली जनकपुर–जयनगर रेल चढेका छन् । शनिबार पार्टी प्रवेश कार्यक्रमका लागि जनकपुर आएका उनले पहिलो पटक रेल चढेका हुन् । 

ओली रेल चढेर जनकपुरबाट धनुषाको तिनकौरिया पुगेका थिए । उनलाई चढाउन रेलका यात्रुलाई जनकपुरमा एक घण्टा कुराउने काम भएको थियो । एक घण्टा कुराए पनि ओलीले पैसा तिरेर रेल चढेका थिए । मधेसवादी दलका नाम चलेकै नेताहरुलाई एमालेमा प्रवेश गराउने कार्यक्रम ओलीको छ । 

Advertisement

आसन्न संसदीय निर्वाचनका लागि चुनाव प्रयास अभियानमा रहेका ओली पछिल्लो समयमा तराई क्षेत्रमा बढी केन्द्रीत हुन खोजेको देखिन्छ । त्यही क्रममा उनी आज रेल चढेर साङकेतिक प्रचार गरेका हुन् । यसअघि ओलीले नेपाली जनतालाई रेलको सपना देखाउने काम गरेका थिए । 

Advertisement

Advertisement