राष्ट्रपतिले संघीय गणतन्त्रको डुङ्गामा प्वाल पार्दिनः बाबुराम भट्टराई

Advertisement

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले उच्चतम तहमा बस्ने व्यक्तिहरुले नै संविधानलाई मिच्ने गरेको बताएका छन् । आइतवार नीति अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा उनले राष्ट्रपति विद्या भण्डारीप्रति लक्षित गर्दै उच्चतम तहमा बस्ने व्यक्तिहरुले समेत संविधानलाई मिच्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम गरेको आरोप लगाए । 

उनले ज्ञान विज्ञानलाई विकसित गर्ने संस्थालाई बेवास्ता गरेर देशले प्रगति गर्न नसक्ने जिकिर गर्दै छिपछिपे र टिपटिपे गफ दिने नेता, आफ्नो एकांकी विज्ञता र प्रशासनिक र नीति निर्माणका ठेक्का लिने कर्मचारीतन्त्र, ३ वर्षमा ३ सय दिन ताला लगाएर तलवभत्ता खाइरहने विश्वविद्यालयका अगुवा, नियुक्तिको खोजीमा दल र नेताका ढोका चार्ने बुद्धिजीवि रहेसम्म देशमा ज्ञान उत्पादनको खडेरी हुने बताए । 

Advertisement

भट्टराईले ज्ञान र नीति उत्पादन गर्ने संस्थाहरु नोकरसाही नियन्त्रण र हस्तक्षेपबाट मुक्त हुनु आवश्यक रहेको बताए । उनले त्रिभूवन विश्वविद्यालयलाई सेन्टर फर एक्सलेन्सको रुपमा विकास गर्ने अवधारणा, नीति अनुसन्धान प्रतिष्ठानको परिकल्पना आफूले गरेको दाबी गरे । भट्टराईले आफूले असोज १ गतेलाई विज्ञान दिवस मनाउने शुरुवात गरेपनि अहिले नागपञ्चमी भन्दै सर्प पूजा गर्न लाग्ने तर विज्ञान दिवस मनाउन छोडेको बताए । 

Advertisement

Advertisement