अबिरल बर्षापछि राप्तीको बाढी जोखिमपूर्ण अवस्थामा, सतर्कता अपनाउन आव्हान

Advertisement

काठमाडौं । अविरल वर्षापछि राप्ती नदीमा आएको बाढी जोखिमपूर्ण अवस्थामा पुगेको छ । जल तथा मौसम विज्ञान विभागले राप्ती नदीको जलसतह सतर्कता तहनजिक पुगेको बताउँदै तटीय क्षेत्रका बासिन्दालाई बिहीबार बेलुकीसम्म उच्च सतर्कतामा बस्न आव्हान गरेको छ । 

विभागको मकवानपुरको रजैया बाढी मापन केन्द्रले गरेको मापनमा पानीको सतह जोखिमपूर्ण अवस्थामा पुगेको औंल्याएको हो । मकवानपुर, चितवन, हेटौंडा र यस आसपाका क्षेत्रमा भारी बर्षा जारी रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । त्यस्तै, बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रले राप्ती नदीको जलस्तर ६ दशमलव ६२ मिटरभन्दा माथि पुगेको जनाउँदै यो खतराको संकेत भएको बताएको छ । बर्षा जारी रहेको र जलसतह बढ्ने क्रम जारी रहेकाले तटीय क्षेत्रमा बाढी र डुवानको जोखिम बढेको छ । 

Advertisement

राप्ती नदीमा पानीको सतह ५ मिटर ८ सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान स्थानीय प्रशासनले आग्रह गर्नुका साथै आपतकालिन उद्दारका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई पनि आग्रह गरिएको छ । 

केही दिनदेखिएको अविरल बर्षाका कारण दशैंको टीका लगाउन जानेहरुसमेत प्रभावित भएका छन् । 

Advertisement

Advertisement