बाजागाजा र कार्यकर्ताको भीडसहित बस्नेतद्धारा उम्मेद्वारी दर्ता, ‘भक्तपुरमा औद्योगिकीकरण गर्छु’

Advertisement

भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराएका छन् । आईतवार भक्तपुरको प्रतिनिधि सभा २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराएका हुन् । 

बाजागाजासहित कार्यकर्ताको भीडलाई लिएर बस्नेतले उम्मेदवारी दिए । अघिल्लो निर्वाचनमा पनि विजयी बनेका उनलाई सत्ता गठवन्धनबाट नेपाली कांग्रेसका दुर्लभ थापाले चुनौति दिँदै छन् । दुवै जना भक्तपुरको गुण्डाको रुपमा चिनिन्छन् । 

Advertisement

उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता बस्नेतले राष्ट्रिय राजनीतिमा नेकपा एमाले आएपछि मात्रै भक्तपुरको आवाज संसदमा मुखरित भएको दावी गरे । उनले आगामी निर्वाचनमा विजयी बनेसँगै भक्तपुरमा औद्योगिकीकरणका साथै नयाँ शहर निर्माणको काम गर्ने र रोजगारी सिर्जना गर्ने काम आफ्नो लक्ष्य रहेको बताए । 

उनले भने, ‘राष्ट्रिय राजनीतिमा नेकपा एमाले आएपछि मात्रै भक्तपुरको आवाज मुखरित भयो । पहिला भएको थिएन भन्ने जनताको गुनासो छ । भक्तपुरलाई राष्ट्रिय राजनीतिमा मुखरित गराउनेछौँ । व्यापक औद्योगिकीकरण, नयाँ शहर निर्माण, धेरै रोजगारीको निर्माण गर्नेछौँ । सांस्कृतिक सम्पदाको पुनः निर्माण र निरन्तरता दिने हाम्रो उद्देश्य छ । हामीले भक्तपुरको विकासको निमित्त अधिकतम प्रयोग गर्ने हिसावले काम गर्नेछौँ । गठबन्धन जनताकोबीचमा अलोकप्रिय र आलोचित भएको छ । नेकपा एमाले भएन भने राष्ट्रिय राजनीति कमजोर हुन्छ । हामी यसपालिको निर्वाचनको हाम्रो प्रतिपक्षी प्रतिष्पर्धी काँग्रेस भन्दा तेब्बर भोटको अन्तरले जित्नेछौँ ।’

नेता बस्नेतले गठबन्धन जनताकोबीचमा अलोकप्रिय र आलोचित भइरहेको बताए । उनले आगामी निर्वाचनमा प्रतिपक्षी काँग्रेसको भन्दा तेब्बर मतान्तरले आफू विजयी बन्ने दाबी गरे । 

Advertisement

Advertisement