सर्लाही–४ बाट उम्मेदवारी दिन खोजेका गगनले काठमाडौं–४ बाटै उम्मेदवारी दर्ता गराए

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले  काठमाडौं–४ बाटै प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । शनिबार काठमाडौं छोडेर सर्लाही–४ बाट उम्मेदवारी दिने भनेका गगनले आज यसअघिको आफ्नो निर्वाचन क्षेत्रमा नै उम्मेदवारी दर्ता गरेका हुन् । 

सर्लाही–४ लगायतका निर्वाचन क्षेत्रबाट उनले आफ्नो नाम सिफारिस गर्न लगाएका थिए । थापालाई स्वतन्त्र उम्मेदवार अर्जुन प्रसाईंले कडा चुनौति दिइरहेका छन् । मनोनयन दर्ता गरेपछि उनले सरकारको नेतृत्व अब आफूले गर्ने बताए । 

Advertisement

थापाले निर्वाचन पछि सरकारको मूल नेतृत्वको दाबी गर्ने बताउँदै भने, ‘ड्राइभिङ सिटमा अब आफैं बस्ने हो । अब आउने पाँच वर्ष आफैं ड्राइभिङ सिटमा बसेर मूल दायित्व लिने प्रयत्न गर्ने हो । फल कस्तो आउँछ, समयले बताउला ।’

निर्वाचन क्षेत्रका नियमित दायित्वका विषयसँगै सरकार तथा पार्टीको मूल नेतृत्व दाबी गर्ने समय आफ्नो लागि आएको बताउँदै उनले काठमाडौं क्षेत्र नम्बर ४ ले आफूलाई पहिचान दिएको बताए । थापाले थपे,  ‘यो ठाउँबाट प्रतिनिधित्व गर्न पाउँदा मलाई गौरव लाग्छ। यहाँको माटोले मलाई बाँधेको छ। यो क्षेत्रका लागि मैले गर्ने भन्दा पनि यो ठाउँलेनै मलाई धेरै पहिचान दिएको छ। हुर्कन दिएको छ। त्यसैले अन्तबाट निमन्त्रणा हुँदा पनि गइनँ ।’

Advertisement

Advertisement