देउवाको जन्ममिति नै फरक रहेकोबारे परेको उजुरीमा आयोगले आज निर्णय गर्नसकेन

Advertisement

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीमा जन्ममिति फरक परेको बारे परेको उजुरीमा निर्वाचन आयोगले सोमबार कुनै निर्णय गर्न सकेन् । 

मतदाता नामावली र नागरिकतामा जन्ममिति उल्टो पाइएपछि आयोगमा उजुरी परेको थियो । डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ छ भने  मतदाता नामावलीमा ३१ जेठ २००२ छ ।

Advertisement

जन्ममिति फरक परेको भन्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले निर्वाचन आयोगमा उजुरी दिएपछि उम्मेदवारी खारेज गर्नुपर्ने आवाज सामाजिक सञ्जालमा आउन थालेको छ ।

तर आयोगले यस विषयमा आज कुनै निर्णय नगरी भोलि मात्रै यस विषयमा निर्णय गर्नसक्ने संकेत गरेको छ । आयोगको स्थानीय कार्यालयल्े केन्द्रसँग परामर्श र निर्देशनका आधारमा निर्णय गर्ने तयारी गरेको देखिएको छ । यस्तो उजुरी पर्दा निर्वाचन अधिकृत आफैले निर्णय गर्नसक्ने कानुनी व्यवस्था छ । 

Advertisement

Advertisement