बागीहरुलाई उम्मेदवारी फिर्ता लिन चार दलीय सत्ता गठवन्धनको एक दिने अल्टिमेटम

Advertisement

काठमाडौं । चार दलीय सत्तारुढ गठबन्धनले उम्मेदवारी फिर्ता लिन बागी उम्मेद्वारहरुलाई एक दिने अल्टिमेटम दिएको छ । 

सत्ता गठबन्धनविरुद्ध दिएएको बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठवन्धनका चार दलका चार नेताले हस्ताक्षर गरेर विज्ञप्ति जारी गरेका हुन् । 

Advertisement

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति निकालेर यस्तो चेतावनी दिएका हुन् । 

विज्ञप्तिमा भनिएको छ, ‘‘आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनमा सहमति भए अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवार विरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरुले समयभित्रै आआफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिइएको छ ।’

गठवनधनले बुधबार दिउँसो १ बजेसम्म बागी उम्मेदवारी फिर्ता नलिनेलाई पार्टीबाट निष्काशन गर्ने चेतावनी पनि दिएका छन् । 

Advertisement

Advertisement