गगन थापाले आफ्नो निर्वाचन क्षेत्रका जनताको समस्या र गुनासाहरु बुझ्न थाले

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो निर्वाचन क्षेत्रभित्रका मतदाताको सामाजिक सञ्जालमार्फत गुनासो र समस्या बुझ्न थालेका छन् ।  

आउँदो मंसिर ४ को ससदीय निर्वाचनलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालको प्रयोग बढाएका हुन् । थापाले सामाजिक सञ्जालमार्फत आफ्नो गुनासा र सुझाव राख्न आव्हान पनि गरेका छन् । 

Advertisement

उनले ट्विटरमा लेखेका छन्, ‘हामी मंसिर ४ मा हुने निर्वाचनको सम्मुखमा छौं । २०७४ को निर्वाचनमार्फत तपाईंबाट प्राप्त ऊर्जा र जिम्मेवारी बोकेर म सङ्घीय संसदमा गएको थिएँ । त्यो विश्वास र अवसरका निम्ति तपाईंप्रति हृदयदेखि आभार प्रकट गर्न चाहन्छु । यस पटक पुनः उम्मेदवारको रूपमा उपस्थित भएको छु ।’

थापाले निर्वाचन आचारसंहिताअनुरुप निश्चित दिनमात्र भएकाले भ्याएसम्म घर–टोलमा आएर प्रत्यक्ष भेटेर कुराकानी गर्ने बताउँदै सामाजिक सञ्जालमार्फत मतदाताका जिज्ञासा र सुझाव संकलनलाई जोड दिएका हुन् ।  

उनी भन्छन्, ‘निर्वाचन आचारसंहिताअनुरूप निश्चित दिनमात्र घरदैलो गर्न पाइने हुनाले त्यति बेला सम्भव भएसम्म तपाईंको घर–टोलमा आएर तपाईंसँग प्रत्यक्ष कुराकानी गर्ने नै छु । त्यसअघि सामाजिक सञ्जालमार्फत आजदेखि नियमित रूपमा तपाईंसँग जोडिनेछु र तपाईंका जिज्ञासा र सुझाव लिनेछु, आफ्ना योजना र कार्यक्रम बताउनेछु ।’

Advertisement

Advertisement