सत्यमोहन जोशीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान

Advertisement

काठमाडौं । स्वगीय सत्यमोहन जोशीको पार्थिव शरीमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रदान गरिएको छ । आज आइतबार बिहान निधन भएका शताब्दी पुरुष जोशीलाई सरकारले राष्ट्रिय सम्मान प्रदान गर्ने निर्णय गरेको थियो । 

जोशीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुर महानगरपालिका परिसरमा पुगेका छन् । उनले स्वर्गीय जोशीलाई राष्ट्रिय झण्डा ओढाएका थिए । 

Advertisement

अन्तिम श्रद्धान्जलीको लागि उनलाई ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा राखिएको थियो । राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा राखेर श्रद्धान्जली दिनुपर्नेमा महानगरपालिकामा राखिएको भन्दै कतिपयले आलोचना पनि गरेका छन् । 

जोशीलाई श्रद्धाञ्जली नेता, कलाकार, स्थानीय  जनप्रतिनिधि पुल्चोक पुगेका थिए । उनको १०३ वर्षको उमेरमा किस्ट मेडिकल कलेजमा उपचार गर्दागर्दै निधन भएको हो । मृत्युपछि शरीर दान गर्ने जोशीको निर्णयअनुसार उनको पार्थिक शरीर सोही अस्पतालमा नजलाई राखिने छ । 

Advertisement

Advertisement