त्यतिबेला केपी ओलीले नेतृत्व गर्या भए न १२ बुँदे हुने रैछ, न लोकतन्त्र आउने रैछः प्रचण्ड

ओनसरीलाई जिताएर पठाइदिनुस्, काठमाडौं– २ का लागि एउटा विकासे मन्त्रालय पक्काः प्रचण्ड

Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको देशको प्रमुख एजेण्डा विकास निर्माण र समृद्धि हुने दाबी गरेका छन् । 

आईतवार काठमाडौं–२ मा सत्ता गठवन्धनकी उम्मेदवार ओनसरी घर्तीको चुनाव प्रचारका क्रममा उनले अब पनि आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रुपमा अघि बढाउन नसके राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन नसकिने जिकिर गरे । 

Advertisement

आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रुपमा अघि बढाउन नसके स्थायित्व नआउने र देश निरंकुशता र अराजकताको भुमरिमा फस्ने प्रचण्डको तर्क छ । उनले घर्तीलाई जिताएर राज्य र जनताको पक्षमा निरन्तर प्रगति गर्ने अवसर प्रदान गर्न मतदाताहरुलाई आग्रह पनि गरे । 

प्रचण्डले माओवादी र सरकारसँगको शान्ति सम्झौताका बेलामा एमालेका अध्यक्ष केपी ओलीले नेतृत्व गरेको भए देशमा लोकतन्त्र नआउने र माओवादीसँग भएको १२ बुँदै सम्झौता हुन नसक्ने दाबी गरे । उनले नेकपा एमाले अध्यक्ष ओलीलाई जालझेल गरेर नेतृत्वमा पुगेको आरोप पनि लगाए । 

प्रचण्डले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) धेरै पहिलाबाट नै हँसिया हतौडा र रुखलाई एक बनाइसकेको भन्दै घर्तीलाई चुनाव जिताए काठमाडौं– २ बाट एउटा विकासे मन्त्री बनाउने आश्वासन पनि दिए । उनले भने, ‘उहाँले यहाँ वाचा गर्नुभएका कुरा पूरा गर्नेमा मलाई विश्वास छ । ओनसरी घर्तीलाई यहाँबाट निर्वाचित गराउनुस् । उहाँलाई विजयी गराएपछि एउटा राम्रो विकासे मन्त्री पनि उहाँलाई बनाएर तपाईंहरुको अगाडि पठाउनेछौँ ।’ 

Advertisement

Advertisement