सोल्टी होटलद्वारा २६.३१ प्रतिशत लाभांश दिने घोषणा

Advertisement

काठमाडौँ । सोल्टी होटल लिमिटेडले २६.३१५७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

सञ्चालक समितिको सोमबार बसेको बैठकले कम्पनीको हाल कायम चुक्ता पूँजीको २१.३१५७८९४७ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको हो ।

Advertisement

साथै कम्पनीले बोनस शेयर पारित गर्न पुस २८ गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि पुस ७ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय समेत भएको कम्पनी सचिव लिलबहादुर खत्रीले जनाएका छन् ।  
 

Advertisement

Advertisement