अध्यक्ष नेपालको उपस्थितिमा रौतहट-काठमाडौं सम्पर्क मञ्चले गर्यो देउसी भैलो कार्यक्रम

Advertisement

काठमाडौँ । नेपाली हरुको महान पर्व दिपावलीको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) रौतहट–काठमाडौं सम्पर्क मञ्चले देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । 

पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधबकुमार नेपालको प्रमुख आतिथ्यमा  समजसेवी सफल ब्यावसायी लक्षमीनारयण चौधरीको निवासमा गत सोमबार देउसीभैलो कार्यक्रम गरिएको हो । 

Advertisement

कार्यक्रममा स्थायी कमिटी सदस्य एव सविधान सभा सदस्य पुर्ब राजदुत डा. बन्शिधर मिश्र, प्रमोद चौधरी, केन्द्रिय सल्लाहकार परिषद सदस्य शंकर बिश्वकर्मा, सम्पर्क विशेष प्रदेश कमिटी उपाध्यक्ष नबराज तिमिल्सिना, मधेश प्रदेश सम्पर्क कमिटी अध्यक्ष  बेदनाथ कोइराला, रौतहटका बौधिक ब्याक्तित्व डा घनश्याम ठाकुर, प्राडा अरबिन्द केसरी, सतिश जैसवाल, जगदिशप्रसाद गुप्ता, सम्पर्क बिशेष प्रदेश कमिटी सदस्य राजनप्रसाद उप्रेतीको उपस्थिति रहेको थियो । 

त्यसैगरी नेपाल पत्रकार महासंघका सचिब क।गोबिन्द चौलागाई, प्रगतिशिल प्राध्यापक संगठनका सदस्य दिपक गुप्ता, मधेश प्रदेश सम्पर्क कमिटी सदस्य पार्वती दुलाल, माधब रेग्मी, इन्दिरा कोइराला, चीन कुमारी शिबाकोटी, एक्रामुल हक, एकीकृत  समाजवादी स्वास्थ्यकर्मी मधेस प्रदेश अध्यक्ष सुरेन्द्र ठाकुर, तोरण थापा, गंगाप्रसाद गुप्ता, पन्फा भुजेल, बिन्दु बिक गज्मेर र निरजकुमार झाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपालले पार्टीका उम्मेदवार तथा गठबन्धनका उम्मेद्वार बिजयी गराउन  सम्पुर्णलार्इ आफ्नो आफ्नो क्षेत्रमा लाग्न निर्देशन दिदै  देउसी भैलो कार्यक्रमको सफलता को शुभकामना दिदै देउसी कलाकारलार्इ धन्यवाद ब्यक्त गरेका थिए । 

Advertisement

Advertisement