आर्थिकस्तर वृद्धि गरी जनतालाई सुखी तुल्याउन हामीले प्रयास गरिरहेका छौँः देउवा

Advertisement

भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति प्रतिवद्ध भइ काम गर्नसके देशको आर्थिक असमानता, विपन्नतालाई हटाउन सकिने बताएका छन् । 

बुधवार आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहमा नेपालमा अझैपनि गरिबीको रेखामुनी रहेका आर्थिक विपन्नता भएका जनताको ठूलो संख्या रहेको बताए । 

Advertisement

देउवाले नेपाल सम्वत धर्म संस्कृति, इतिहास परम्परासँग अभिन्न रुपमा जोडिएकाले यसको जगेर्ना गर्न आवश्यक रहेको बताए । उनले नेपाल सम्वतको प्रयोगलाई आगामी दिनमा बढाउँदै जानुपर्ने र नेपाल सम्वतको संस्कृति र महत्वलाई नागरिकमाझ थप उजागर गर्न आवश्यक रहेको बताए । देउवाले व्यक्तिभन्दा सामाजिक भूमिका र राष्ट्रिय हीतलाई आत्मसाथ गरी अघि बढ्न सक्नुपर्ने बताए । 

उनले भने, ‘नेपालमा अझैपनि गरिबीको रेखामुनी रहेका आर्थिक विपन्नता भएका जनताो ठूलो संख्या छ । गरिबी र असमानताको अन्त्य गर्दै नेपाली जनताको आर्थिक दर, आर्थिकस्तर वृद्धि गरी जनतालाई सुखी र स्वतन्त्र तुल्याउन हामी सबै प्रयास गरिरहेका छौँ । सबै प्रतिवद्ध भएर काम गर्नसके मुलुकबाट गरिबी, आर्थिक असमानता, विपन्नतालाई हटाउने काम शंखधर साख्वाजस्ता महान व्यक्तित्वबाट सबैले सिक्न जरुरी छ । व्यक्ति भन्दा सामाजिक भुमिका र राष्ट्रिय हीतलाई आत्मसाथ गरी अघि बढ्नसके हामी सफल हुन्छौँ ।’

प्रधानमन्त्री देउवाले आगामी मंसिर ४ गते हुने संसदीय चुनावलाई सरकारले निष्पक्ष, स्वतन्त्रपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न सबै प्रवन्ध मिलाइसकेको बताए । 

Advertisement

Advertisement