दक्षिण एसियाकै उत्कृष्ट गणतान्त्रिक संविधान फाल्न लागेपछि ओलीविरुद्ध लाग्नुपर्योः भुसाल

Advertisement

काठमाडौं । नेकपा (एमाले)का पूर्वउपमहासचिव घनश्याम भुसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन् । नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनस्र्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाई थियो । 

आईतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित कार्यक्रममा भुसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरुले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको जिकीर समेत गरे । सत्तारुढ गठबन्धनको साथ लिएर रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बनेका उनले ओलीमा पछिल्लो पटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधानमाथि नै आक्रमण गरेपछि आफूहरुले विरोध गर्नु परेको तर्क गरे । 

Advertisement

भुसालले भने, ‘पछिल्लो पटक जब उहाँ प्रधानमन्त्री हुनु भयो । उहाँले त के ठान्नु भयो भने यी सब कमिला हुन । यी पार्टीका पनि कमिला बराबर नै हुन । यी जनता भनेका, अरु पार्टी भनेका काँग्रेस भनेका यी छिचिमिरा हुन । यीनको काम छैन भन्ने हिसाबले सोच्नु भयो । संसारमा कोही छ भने म छु । कोही प्रतापी छ भने म छु । कसैसँग त्यो सामथ्र्य छ भने त्यो मसँग छ । मसँग जति यो सामथ्र्य, बुद्धि, क्षमता यो धर्तीमा कसैसँग पनि छैन भन्ने त्यो अभिमान विकसित भयो । र, उहाँलाई एक खालको भन्ने हो भने उहाँलाई हनुमान नाच्ने हुन्छ नि एउटा झाक चल्ने, राजनीतिक भयंकर ठूलो हनुमान झाक चल्यो उहाँलाई । अनि, त्यो हनुमान नाच्नेले गर्छन नि त्यो फलफूल भाँच्छ, के गर्छ । त्यस्तै औदान उहाँले गर्न थाल्नु भयो । र, नेकपा एमालेमा त समस्या बनाउनु भएको थियो थियो । उहाँले संविधानमाथि पनि आक्रमण गर्न थालेपछि, संसदमाथि पनि आक्रमण गर्न थालेपछि ओलीजीको समस्या एमालेले त व्यहोरेको थियो थियो, तब मुलुकले पनि समस्या व्यहोर्न थाल्यो ।’ 

उनले थपे, ‘उहाँले संसद विघटन गरिदिनु भयो । त्यो संविधान यत्रो रगत, पसिना बगाएर ल्याएको गणतान्त्रिक संविधान छ जनताले ७० वर्षसम्म लडेर ल्याएको । त्यसोभएपछि हामीले उहाँको विरोधमा उत्रनुपर्ने भयो । र, उहाँले संसद बिघटन गरेपछि त्यो संसद विघटनको विरुद्धमा, संविधानको पक्षमा त्यस अर्थमा जनताका अधिकारहरु सारा लेखिएको संविधान संविधान भनेर त्यो कागजको खोष्टो मात्र होइन । त्यहाँ त हाम्रो देशको मात्रै नभएर दक्षिण एसियाकै राम्रो संविधान त्यस्तो संविधान माथि नै उहाँले बर्खिलाप गरेपछि अव हाम्रो अगाडि कस्तो अप्ठ्यारो भयो भन्दाखेरी यात केपीजी चुन्नुपर्ने भो वा संविधान चुन्नुपर्ने भो । अनि, हामी सडकमा निक्लनुपर्ने अवस्था आयो । केपी ओलीजीलाई छोडेर उहाँको दम्भ, अहंकार त्यसलाई इन्कार गरेर, तिरस्कार गरेर, त्यसलाई खारेज गरेर हामी सडकमा निक्लनुपर्ने भो र हामीले आन्दोलन ग¥यौं । अदालतमा मुद्धा चल्यो । अदालतले संसदलाई पुनस्र्थापित गरिदियो । संसदलाई पुनस्र्थापित गरिदिएपछि कोही पनि थोरै पनि नैतिकता भएको मान्छे हुन्थ्योभने आफैले विघटन गरेको संसदको त्यो संसद पुनस्र्थापित भएपछि त उहाँले प्रधानमन्त्रीबाट होइन कि सांसदबाटै राजीनामा दिनु पर्दथ्यो । अह दिनु भएन ।’

Advertisement

Advertisement