राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक, ठूला नेता र कर्मचारीको अवैध सम्पत्ति जफत गरिने

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २०४६ सालपछिका ठूला नेता र कर्मचारीको सम्पत्ति छानविन गर्ने एजेण्डासहित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । 

सो पार्टीले सोमबार आसन्न संसदीय निर्वाचनका लागि ल्याएको आफ्नो घोषणापत्रमा उच्चस्तरीय नागरिक अयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था गर्ने उल्लेख गरेको छ । 

Advertisement

राप्रपाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अगाडि सार्दै अभिभावकीय संस्थाका रुपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने धारणा बनाएको छ । 

पूर्ण समानुपातिक संसद हुनुपर्ने, प्रदेशलाई खारेज गरेर केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय स्वरुप हुनुपर्ने, एक व्यक्तिले दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने जस्ता मुद्दा पनि उसले बोकेको छ । 

नेपाल बन्द जस्तो कार्यक्रम कहिल्यै नगर्ने प्रतिवद्धता समेत जनाएको राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने स्पष्ट पारेको छ । बदनाम भएका कमल थापा पार्टी महाधिवेशनमा पराजित भई अध्यक्षमा लोकप्रिय नेता राजेन्द्र लिङदेन विजयी भएपछि राप्रपाको पक्षमा जनमत पनि बढ्दै गएको देखिन्छ । 

Advertisement

Advertisement