तामझामसहित एमालेको चुनावी घोषणापत्रको डिजिटल अनावरण

Advertisement

काठमाडौं । नेकपा (एमाले)ले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । अरु दलले साधारण ढंगले घोषणापत्र सार्वजनिक गरे पनि एमालेले तामझामसहित डिजिटल विधिबाट सार्वजनिक गरेको हो । 

राजधानीको याक एण्ड यति होटलमा आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्ष केपी ओलीले डिजिटल प्रविधिबाट आसन्न संसदीय निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरे । 

Advertisement

ग्यारेन्टी भन्दै ३० वटा क्षेत्रमा विभिन्न आर्थिक सुधार र विकास कुरा गरिएको घोषणापत्रमा समृद्धिलाई जोड दिइएको छ । घोषणापत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाईभ डिबेट’ सञ्चालन गरिएको थियो । कार्यक्रमको सञ्चालन पूर्वबैंकर अनिल शाहले गर्दै प्रश्न राखेका थिए । 

त्यस क्रममा अध्यक्ष ओलीले यसअघि झण्डै दुईतिहाईको सरकार उमालेको नभई नेकपाको रहेको र आफूहरुलाई सुरुदेखि नै काम गर्न नदिन षडयन्त्र सुरु गरिएको भन्दै एमालेको बहुमतको सरकारले देशलाई सही दिशा र विकास दिनसक्ने दावी गरे । 

Advertisement

Advertisement