डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले ललितपुर–३ की राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्यकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

Advertisement

साथै, सर्वोच्चले यस विषयमा आयोगसँग लिखित जवाफ पनि माग गरेको छ । नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेकी कार्कीले उक्त पद लाभको भएको भन्दै उम्मेदवारी खारेज गरिएको थियो । 

तर उनले उक्त पद लाभको भए नभएको जानकारी माग गरे पनि आयोगले कुनै जवाफ नदिएको पत्र सार्वजनिक भएपछि तोसिमाप्रति जनताको सहानुभूति बढेर गएको थियो । पछिल्लो समय निकै लोकप्रिय बनेकी उनलाई अदालतको आजको आदेशले चुनाव जित्न थप सहज गर्ने देखिएको छ । आयोगको निर्णयविरुद्ध कार्कीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । 

Advertisement

Advertisement