‘ईश्वर छैन्, कार्ल माक्स नै ईश्वर हुन’ भन्दै आएका ओली धार्मिक बन्दै, आज बिहान महादेवको दर्शन

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली बुधबार बिहानै भगवानको दर्शन गर्न त्रिपुरेश्वस्थित महादेव मन्दिर पुगेका छन् । 

आफ्नो पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको भोलिपल्ट उनी महादेवको दर्शन गर्न पुगेका हुन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी हुनुपूर्व ओलीले सो क्षेत्रका आफ्ना उम्मेदवारलाई समेत लिएर महादेव मन्दिरको दर्शन गएका हुन् । 

Advertisement

नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार किरण पौडेलले आफ्ना मुख्य प्रतिस्पर्धी रवीन्द्र मिश्रसँग प्रतिस्पर्धा गर्न काठमाडौंका धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षणलाई चुनावी एजेण्डा बनाएका छन् । 

सोही क्रममा पौडेललाई लिएर ओली मन्दिर जानु चुनावी रणनीति देखिन्छ । यसअघि गत साउन १६ गते अध्यक्ष ओलीे पशुपतिको गंगा आरतीमा सहभागी भएका थिए । 

पछिल्लो समयमा नेपाली जनतामा धार्मिक र साँस्कृतिक जागरण बढेपछि ओली पनि नास्तिकबाट धार्मिक हुन थालेका हुन् । सोभन्दा अघि उनले ‘संसारमा ईश्वर छैन्, कार्ल माक्स नै ईश्वर हुन’ भन्दै आएका थिए । 

Advertisement

Advertisement