‘मोदीले समय नदिँदा ईपीजी प्रतिवेदन अड्कियो, एमाले सरकारमा आएपछि अड्किएका कुरा फुक्छन्’

Advertisement

काठमाडौं । नेकपा (एमाले)का नेता राजन भट्टराईले एमाले नेतृत्वमा सरकार बनेपछि ईपीजीको प्रतिवेदन कार्यान्वयन गर्नमा जोड दिने बताएका छन् । 

बुधवार प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ईपीजीको प्रतिवेदन बुझ्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको बताए । भट्टराईले सन् २०१६ मा गठित ईपीजीले सन् २०१८ को जुलाईमा प्रतिवेदन तयार पारेर दुवै देशको प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको भएपनि भारतीय प्रधानमन्त्री मोदीले प्रतिवेदन नबुझेका कारण अड्किएको बताए । 

Advertisement

उनले एमाले सरकारमा आएपछि अड्किएका विषयवस्तुहरुलाई कुटनीतिक माध्यमबाट उठाउने र सहमति भएका विषयलाई कार्यान्वयन गर्नमा जोड दिइने बताए । भट्टराईले भने, ‘भारतीय पक्षले उनीहरुको प्रधानमन्त्रीको समय दिनुपर्ने हो । त्यो दिन नसकेका कारण यो अड्किएर बसेको छ । यद्यपी यो प्रतिवेदन थियो । उहाँहरु प्रधानमन्त्रीको तहबाट भएको काम थियो । यसलाई उहाँहरुले कार्यान्वयनको तहमा लिएर जानुपथ्र्यो प्रतिवेदन बुझेर त्यो काम भारतीय पक्षबाट भएको छैन् । हामी भोलि सरकारमा आइसकेपछि यस्ता अड्किएका विषयहरुलाई कुटनीतिक माध्यमबाट उठाउने र सहमति भएका विषयलाई कार्यान्वयनमा लानुपर्ने कुरामा जोड रहन्छ ।’ 

Advertisement

Advertisement