विकासका लागि एमाले एक्लैले बहुमत ल्याउनुपर्ने ओलीको दावी

सत्ता गठवन्धनबारे ओलीको टिप्पणी– ५–६ नेता मिलेका छन्, ङ्यार ङ्यार गरेका छन्

Advertisement

कञ्चनपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुशासन र विकासका लागि एमाले एक्लैले बहुमत ल्याउनुपर्ने दावी गरेका छन् । शुक्रबार महेन्द्रनगरमा आयोजित चुनावीसभामा उनले सत्ता गठवन्धनसँग दृष्टिकोण र भिजन  नभएका कारण एमालेले नै बहुमत ल्याउनुपर्ने बताएका हुन् । 

सत्ता गठबन्धन सरकार देश बनाउने वा विकास गर्नेभन्दा पनि ‘टालाटुली बाटुली, कति राम्री कठपुतली’ भएको बताउँदै ओलीले भने, ‘५–६ नेता मिलेका छन् । ङ्यार ङ्यार गरेका छन् । कुनै गन्तव्य छैन । बाटो छैन । काले कालेर मिलेर खाउ भाले भनेजस्तै भएको छ ।’ 

Advertisement

नेता ओलीले आफ्नो पालामा देश लुटन नदिएका कारण छोरी बुहारी सबै बोकेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको पिंडी पालीमा बसेको आरोप लगाउँदै प्रचण्डले छोरी, बुहारी, ज्वाइँ, भाइ भतिजालाई काखी च्यापेको र शहिद परिवारलाई उपेक्षा गरेको बताए । 

उनले डडेलधुराका नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई आफ्नो पार्टीको समर्थन रहेको स्पष्ट पारे । मल्ल प्रधानमन्त्री शेरहादुर देउवाका प्रतिस्पर्धी हुन् । कांग्रेसमा प्रधानमन्त्री र गृहमन्त्रीका श्रीमतीले मात्रै समानुपातिकमा ठाउँ पाउने, इमान्दार कार्यकर्ताले ठाउँ नपाउने अवस्था रहेको टिप्पणी गर्दै ओलीले कांग्रेस प्रचण्डपथमा गएको बताए । 

Advertisement

Advertisement