ठूला नेताले मौन अवधिमा मतदातालाई कर, बल र अनुचित प्रभाव पार्नसक्छन्ः आचार्य

Advertisement

काठमाडौं । पूर्वमन्त्री निलाम्बर आचार्यले राजनीतिक दलका प्रमुख नेताहरु उम्मेदवार भएको क्षेत्रमा निर्वाचनलाई स्वच्छ बनाउन निर्वाचन आयोगलाई सचेत गराएका छन् । 

आइतवार ललितपुरमा आयोजित अन्तरक्रियामा उनले प्रमुख नेताहरु उम्मेदवार भएको ठाउँमा निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्ने बताए । आचार्यले प्रमुख नेताहरु उम्मेदवार भएको ठाउँमा मतदाताले कर, बल र अनुचित प्रभाव बिना मतदान गरेको अनुभुति गर्न सक्नुपर्ने बताए । 

Advertisement

उनले प्रमुख नेताहरु उम्मेदवार भएको ठाउँलाई निर्वाचनको स्वच्छताको मापदण्डको रुपमा प्रश्तुत गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराए । आचार्यले भने, ‘हाम्रा प्रमुख नेताहरु जहाँजहाँ निर्वाचनमा उम्मेदवार उठ्नुभएको छ, उहाँहरुले म स्वच्छ किसिमले, निष्पक्ष किसिमले, धाँधलीरहित किसिमले स्वाधिन मतदानद्वारा, आफैँले आफैँलाई कर, बल बिना, अनुचित प्रभाव बिना मतदाताले दिएको मतदानलाई मैले स्वाधिन मतदान भने, मतदानद्वारा निर्वाचित भएको हुँ भन्ने पाउनको निम्ति ती ठाउँमा विशेष ध्यान दिइयोस् भन्ने मेरो आग्रह छ ।’ 

उनले थपे, ‘अरुहरुले पनि भन्न पाउन् कि दुई चारजना कराएर हुन्छ र ? यिनीहरुलाई त मतदाताले नै स्वाधिन मतदानद्वारा विश्वास गरेका हुन् । त्यसैले प्रमुख नेताहरु उम्मेदवार हुनुभएको ठाउँलाई स्वच्छताको एउटा मापदण्डको रुपमा प्रश्तुत गरियोस् । र त्यहाँ विशेष ध्यान दिईयोस् भन्ने एउटा मेरो आग्रह रहेको छ ।’

पूर्वमन्त्री आचार्यले नेपालमा कुनै बेला रातारात मतपेटिका साटिएकोतर्फ ध्यानाकर्षण गराउँदै मतपेटिकाको सुरक्षाका लागि सतर्कता आवश्यक रहेको बताए । उनले नागरिकहरुको सजगता र सतर्कताले आयोगलाई पनि सजग र सतर्क हुन मद्दत गर्ने बताए । आचार्यले निर्वाचनको मौन अवधिमा बद्मासी हुनसक्ने भन्दै निगरानी गर्नुपर्ने बताए । 

पूर्वमन्त्री आचार्यले कार्यान्वयन हुन सक्नेगरी मात्रै निर्वाचन सम्बन्धी कानून बनाउनुपर्ने बताए । उनले आचारसंहीतामा कतिपय कुराहरु अस्पष्ट रहेको भन्दै त्यसलाई पनि प्रष्ट पार्नुपर्ने बताए । 

Advertisement

Advertisement