आसन्न चुनावबाट देश कांग्रेस, एमाले, माओवादीमुक्त हुन्छः पशुपतिसमशेर जबरा

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिसमशेर जबराले मंसिर ४ गतेको चुनावबाट देशलाई ठूलो पार्टी मुक्त बनाउने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नम्बर २ ले साँखुमा आयोजना गरेको चुनावी सभामा बिहीबार उनले मंसिर ४ गतेको निर्वाचनपछि देशलाई ठूलो पार्टी मुक्त बनाउने बताए । 

राणाले राप्रपा सनातनधर्मी र मुलुकप्रति इमान राख्ने पार्टी भएको भन्दै देशका दुई ठूला पार्टीहरु पापीहरुले भरिएको पार्टी भनि टिप्पणी समेत गरे । उनले संसदमा सबै पार्टी चाहिने उल्लेख गर्दै संसदमा गएर राप्रपाका नेताहरुले खबरदारी गर्ने बताए । 

Advertisement

राणाले मुलुकको संरक्षण गर्ने एक मात्र विकल्प राप्रपा भएको बताए । उनले भने, ‘मंसिर ४ गते एउटा ठूलो मौका छ । एउटा अवसर यो दुईवटा ठूला पार्टी पापीले भरेको पार्टीबाट मुलुक चोख्याउनुपर्छ । हामी सनातनधर्मी, हामी यो मुलुकप्रति इमान र धर्म राख्ने पार्टी । हामी ४ गते पापीबाट मुलुकलाई मुक्त गर्छौं । तिनीहरु पनि संसदमा होलान् । प्रजातन्त्र हो सबै संसदमा हुनुपर्छ । चाहे माओवादी, चाहे एमाले, चाहे मेरो ज्वाईको पार्टी । सबै बसुन् । तर त्यहाँ गएर खबरदार गर्ने यो पालि हुन्छ कुन्ती । म एक्लै पर्दिन । त्यसैले यो अबसर नेपालको भाग्य निर्माण गर्ने मौकामा राप्रपा चुक्दैन । हामीलाई बज्रयोगिनी देवीको आशीर्वाद छ । उहाँलाई ज्ञान छ, यो मुलुक जोगाउन, यसको संरक्षण गर्न संसदमा एउटै विकल्प राप्रपा हो । अब छिट्टै हामीहरु सबै गई त्यो संसद थर्काऔँ ।’

राप्रपाको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोखरेलले आफ्नो क्षेत्रमा ३३ वर्षदेखि आएको बजेटको फाइल पल्टाउने बताइन् । उनले ३३ वर्षदेखि सो क्षेत्रमा विकास हुन नसकेको भन्दै क्षेत्रले आफूलाई नै कुरेको बताइन् । 

पोखरेलले क्षेत्र नं. २ बनाउनका लागि आफू आएको बताइन् । उनले आफ्ना प्रतिष्पर्धीहरुमध्ये सांसद नभइकन नै आफूले युवा, महिला र स्वास्थ्यको क्षेत्रमा धेरै काम गरेको बताइन् । पोखरेलले भनिन्, ‘३० जनामा दाज्नु म एउटा कुन्ती पोखरेल संसदमा नछिरिकन नै उनीहरु भन्दा बढी काम गरेको छु । तपाईंहरुले त्यसै कुन्ती पोखरेललाई भोट हाल्नुपर्दैन । तपाईंहरुले फाइल पल्टाएर हेरिदिनुस् । मैले एम्बुलेन्स दिनुपर्ने ठाउँमा एम्बुलेन्स दिइन कि ? युवाहरुलाई विभिन्न जिल्लामा गएर सशक्त उद्यमी बनाएर उद्यम गर्न सघाइन कि ? महिलाहरुलाई सशक्त रुपमा उद्यमी बनाइन कि ? स्वास्थ्य शिविरहरु चलाइन कि ? काम के गरिन कुन्ती पोखरेलले ? बुझिदिनुस् ।’ 

उनले आफ्नो जित निश्चित भएको दाबी गरिन् । पोखरेलले क्षेत्रको विकासको लागि जनतासँग मिलेर काम गर्ने बताइन् । उनको प्रमुख प्रतिस्पर्धीको रुपमा सत्ता गठवन्धनबाट माओवादीकी ओनसरी घर्ती रहेकी छन् । 

Advertisement

Advertisement