यो निर्वाचनलाई विगतको कमजोरी सच्याउने अवसरको रुपमा सदुपयोग गर्न लिङदेनको आव्हान

Advertisement

काठमाडौं। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले यही मंसिर  ४ कोनिर्वाचनलाई विगतको कमजोरी सच्याउने अवसरको रुपमा सदुपयोग गर्न आव्हान गरेका छन् । 

मौन अवधि सुरु हुनुअघि बिहीबार भिडियो सन्देशमार्फत उनले यस निर्वाचनलाई केवल आवधिक निर्वाचनको रुपमा मात्रै नभइ विगतका कमी कमजोरी सच्याउने अवसरको रुपमा सदुपयोग गर्न जनतालाई आग्रह गरेका हुन् । 

Advertisement

राप्रपाले हाम्रै जीवनकालमा समृद्ध नेपाल बनाउने र नेपाल बनेको हेर्ने आमचाहना परिपूर्ति गर्ने संकल्प लिएको बताउँदै लिङदेनले राष्ट्रिय राजनीतिमा राप्रपा नवीन सोच र दृष्टिकोणका साथ जनताको माझमा आएकाले आफ्नो पार्टीका प्रतिनिधिसभा र प्रदेश सभाका उमेदवारलाई मत दिई विजयी गराउन आग्र गरेका छन् । 

अध्यक्ष लिङ्देनले जीवनमा पहिलोपटक भोट हाल्न लागेका युवा मतदातालाई आगामी निर्वाचनलाई देशको भाग्य र भविष्य बदल्ने निर्वाचनको रुपमा सदुपयोग गर्न पनि आग्रह गरेका छन् । 

Advertisement

Advertisement