देउवाले हाम्रो टिम र समर्थकलाई ‘म चाहिन्छ कि सागर ?’ भन्दै दबाब दिएः सागर ढकाल

Advertisement

काठमाडौं । आफ्ना प्रतिस्पर्धी शेरबहादुर देउवाले आफ्नो टिम र समर्थकलाई ‘म चाहिन्छ कि सागर ?’ भन्दै दबाब सिर्जना दिएको सागर ढकालले बताएका छन् । 

डडेलधुरामा सत्ताधारी गठवन्धनको उम्मेदवारसमेत रहेका प्रधानमन्त्री देउवासँग प्रतिस्पर्धामा रहेका ढकालले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘मलाई पोस्ट डिलिट गर्नुस भनेर अनेक धम्की दिँदा संयमित भएर बसे । तर आज म चुप लागे भनेर यसबाट पनि अघि बढेर उहाँहरु हाम्रो टिम र समर्थकहरुमाथी रातारात मिटिङ गरेर ‘तिमिहरुलाई हामी चाहिन्छ कि सागर ?’ भनेर दबाब सिर्जना गर्ने ंंंसमर्थकको पोस्ट डिलिट गर भन्ने गरि धम्की दिने काम हाम्रो प्रतिष्पर्धीबाट आएको छ ।’

Advertisement

निभ्ने बेलाको बत्ति धपक्क बलेर ठूलो हुन्छ भन्दै उनले देउवाले सिद्धिने बेलामा दुःख दिए पनि आफ्ना समर्थकहरुलाई बिचलित नहुन आव्हान गरेका छन् । 

ढकाल थप्छन्, ‘सबैले निर्वाचनको अन्तिम समयमा धाँधलि नगरि संयमित भइदिनुहुन अनुरोध गदछौँ‌ । हामीले पैसाको घाँटी पनि सक्ने गरि रोक्ने प्रयास गरिरहेका छौँ। बत्ति निभ्ने बेलामा धपक्क ठूलो गरि बल्छ । त्यस्तै यो गठबन्धनले अन्तिम समयमा सिध्दिनु अघि अलि दुख दिन सक्छन् । साथिहरु सचेत रहनुहोला, निडर रहनुहोला । सबैलाई यो भोलिको निर्वाचन निष्पक्ष र मर्यादित बनाइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’ डडेलधुरामा ढकालले देउवालाई कडा चुनौति दिएका छन् । 

Advertisement

Advertisement