चितवनसँग मेरो सम्वन्ध टुटेकै छैन्ः प्रचण्ड

Advertisement

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका– १४ शिवनगरमा रहेको पुलिस स्कुलमा रहेको मतदान केन्द्रबाट आइतबार मतदान गरेका छन् । 

मतदानपछि उनले अहिलेको निर्वाचन पनि ऐतिहासिक भएको बताए । प्रचण्डले हरेक पल्टको निर्वाचनलाई ऐतिहासिक बनाउने गरेका छन् । 

Advertisement

उनले आफूले गोरखा गएर उम्मेदवारी दिए पनि चितवनसँगको सम्वन्ध नटुटेको दावी गरे । चितवनसँग आफ्नो सुमधुर सम्वन्ध रहेको प्रचण्डले बताए । चितवनको विकाससँग आफ्नो सम्वन्ध रहेको उनको भनाई थियो । 

यो निर्वाचनबाट सत्ताधारी गठबन्धनले आरामले बहुमत ल्याउने जिकिर गर्दै प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने बताए । यसअघि चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएर चुनाव जितेका प्रचण्ड अहिले स्थिति अनुकुल नदेखेर गोरखा गएको हुनसक्ने अनुमान गरिएको छ ।  

Advertisement

Advertisement