काठमाडौं– ७ मा सत्ता स्वतन्त्र पार्टीले अग्रता लिँदा बाबुराम पुत्री मानुषी चौंथो नम्बरमा

Advertisement

काठमाडौं । राजधानी काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजामा सत्ताधारी गठवन्धनकी उम्मेदवार मानुषी यमी चौंथो नम्बरमा रहेकी छन् । 

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मतसहित अग्रता लिएका छन् । उनका निकटम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाएका छन् ।

Advertisement

त्यस्तै, नेकपा एमालेका उम्मेदवार श्याम घिमिरे ९३ मत पाउँदा माओवादी पाउँदा मानुषीले ७५ मत मात्रै पाएकी छन् । उनी समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी पनि हुन् । 

त्यस्तै, लौरो अभियानअन्तर्गत हाम्रो नेपाली पार्टीका प्रबन्ध पोखरेलले ५२ र राप्रपाका ध्रुवविक्रम मल्लले ५० मत पाएका छन् ।

Advertisement

Advertisement