कांग्रेसले बुथ कब्जा गरेर एउटैले सयौं भोट हालेको भन्दै अरु दलहरुद्धारा पुनः मतदानको माग

Advertisement

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ को चापाकोट नगरपालिकाका चार वटा बुथमा सत्ताधारी गठबन्धनको नेपाली कांग्रेसले बुथ कब्जा गरेर एउटैले सयौं मत हालेको भन्दै नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गरेका छन् । 

उनीहरुले सोमबार पत्रकार सम्मेलन गरेर पुनः मतदानाको माग गरेका हुन् । बुथ कब्जा गरेर कांग्रेसले फर्जी मत खसालेको भन्दै गठन्धनबाहेकका उम्मेदवारले पुनः मतदान गर्न मागसहित निर्वाचन आयोगमा निवेदन पनि दिएका छन् । 

Advertisement

पत्रकार सम्मेलन गर्नेमा एमालेकी उम्मेदवार पद्मा अर्याल, स्वतन्त्र पार्टीका टीकाराज गुरुङ, राप्रपाका लालगोपाल अर्याललगायत छन् । बुथ कब्जा भएका केन्द्रमा प्रहरी प्रशासन पनि कांग्रेससँग मिलेको र अस्वाभाविक मत खसालिएको भन्दै उनीहरुले उक्त केन्द्रको चुनाव स्वीकार गर्न नसकिने बताए । 

पत्रमा भनिएको छ, ‘स्याङ्जामा सरदर खसेको मत ५६ देखि ६१ छ, तर यहाँ ९९ प्रतिशतसम्म खसालिएको छ । नेपालको इतिहासमा यसरी मत खसेको कुनै अवस्थामा देखिएको छैन् ।’

Advertisement

Advertisement