काठमाडौं– ८ मा स्वतन्त्र पार्टी र लौरो अभियानबीच प्रतिस्पर्धा, मन्त्री श्रेष्ठ चार नम्बरमा

Advertisement

काठमाडौं । काठमाडौं क्षेत्र नं. ८ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ र लौरो अभियानका सुमन सायमीबीच सुरुवाती प्रतिस्पर्धा देखिएको छ । 

यस क्षेत्रमा नेकपा एमाले तेस्रो र सत्ताधारी गठवन्धनबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ चौंथो नम्बरमा पुगेका छन् । 

Advertisement

स्वतन्त्र पार्टीका श्रेष्ठले ६११ मत प्राप्त गर्दा सायमीले ६०३ मत ल्याएका छन् । त्यस्तै, एमालेका शिवसुन्दर राजवैद्यले ३०७ मत प्राप्त गर्दा जीवनराम श्रेष्ठले २२१ मत पाएका छन् । 

Advertisement

Advertisement