तोसिमाले अमृत खड्कालाई उछिनिन्, पम्फा भुसाल अझै तेस्रो नम्बरमा

Advertisement

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पुनः अग्रता लिएकी छिन् । उनले एक हजार ४८२ मत प्राप्त गर्दा नेकपा एमालेका अमृत खड्काले एक हजार ४४८ मत प्राप्त गरेका छन् । 

हाल उर्जामन्त्रीसमेत रहेकी सत्ताधारी गठवन्धनकी उम्मेदपार पम्फा भुसाल तेस्रो स्थानमा छिन् । उनले ९८८ मत मात्रै प्राप्त गरेकी छन् । कार्की र खड्काबीच सुरुदेखि नै प्रतिस्पर्धा भइरहेको छ भने भुसाल सुरुदेखि नै तेस्रो स्थानमा छिन् । 

Advertisement

कार्की पछिल्लो समयमा निकै चर्चामा रहेकी छन् । यसअघिको निर्वाचनमा माओवादीबाट भुसाल विजयी भएकी थिइन् । 

Advertisement

Advertisement