हर्कले चुनाव हार्नेहरुलाई ढुंगा बोक्न धरान बोलाए

Advertisement

काठमाडौ । धरान उपहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले चुनाव हार्नेहरुलाई ढुंगा बोक्न धरान बोलाएका छन् । 

उनले कविताको शैलीमा प्रतिक्रिया जनाउँदै जित्नेहरुलाई संसद जान र हार्नेहरुलाई ढुंगा बोक्न आउन आव्हान गरेका हुन् । राईले हारबाट हरेश नखान पनि सुझाव दिएका छन् । 

Advertisement

उनी लेख्छन्ः
जित्नेहरु संसद जाऊ ! 
हार्ने जति ढुङ्गा बोक्न आऊ ! 
हार जीत जीवनको रीत हो काइँला...
हारमा कहिल्यै हरेस नखाऊ !

Advertisement

Advertisement