विश्वप्रकाशले मतान्तर बढाए, एक हजार ६०२ ले अग्नि खरेल पछाडी

Advertisement

झापा । झापा निर्वाचन क्षेत्र नं १ को जारी मतगणनामा सत्ता गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विश्व प्रकाश शर्माले मतान्तर बढाएका छन् प

उनले नेकपा एमालेका अग्नि खरेल एक हजार ६०२ मतान्तरले पछि पार्दै शर्माले अग्रता लिएका हुन । कुल सात हजार ६९७ मत गणना गर्दा शर्माले तीन हजार ९६१ मत पाएका छन् । यस्तै खरेलले दुई हजार ३५९ मत पाए ।

Advertisement

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ७३५ मत पाए । यो क्षेत्रमा एक लाख २० हजार ५२३ जना मतदाता रहेका छन् ।

Advertisement

Advertisement