रवीन्द्र मिश्र जम्मा १२५ मतले पराजित, वैकल्पिक उम्मेदवार धेरै हुँदा प्रकाशमान फेरि विजयी

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यमा पुनः निर्वाचित भएका छन् । उनी झिनो (१२५ मत) मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट चौथोपटक सांसद बनेका हुन् ।

सिंहले सात हजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले सात हजार १८ मत पाए । यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए ।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले चार हजार ११५, एमालेका किरण पौडेलले तीन हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले तीन हजार १२४  मत पाएका छन् । 

राजनीतिक रुपमा कुनै योगदान र नेतृत्व क्षमता नभए पनि नेता गणेशमान सिंहका छोरा भएकाले प्रकाशमान सिंहले लाभ उठाउँदै आएका छन् । विजयी भएर पनि आफ्नो निर्वाचन क्षेत्रलाई वास्ता नगर्ने, संसदमा कहिल्यै आवाज नउठाउने गरेको भन्दै उनको आलोचना हुने गरेको थियो । 

Advertisement

Advertisement