गगन काठमाडौं– ४ बाट पुनः विजयी

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं–४ बाट पुनः विजयी भएका छन् । उनले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै जि हासिल गरेका हुन् । 

भट्टराईलाई थापाले सात हजार ४४६ मतान्तरले पराजित गरेका छन् । थापाले २१ हजार ३०१ मत पाउँदा भट्टराईले १३ हजार ८५५ मात्र मत ल्याए । यसअघि पनि उनी थापासँगै पराजित भएका थिए । 

Advertisement

सोही क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ठाकुरमोहन श्रेष्ठले तीन हजार ११८ मत ल्याएका छन् । 

Advertisement

Advertisement