बाँके– २ मा धवलशम्शेर जित नजिक, गठवन्धन दयनीय अवस्थामा

Advertisement

काठमाडौं । बाँके क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा जित नजिक पुगेका छन् । जनता समाजवादी पार्टीका मोहम्मद ईश्तियाक राईलाई  फराकिलो अग्रता बनाएका उनले जित हाििसल गर्ने संकेत देखाएका हुन् । 

राणा १३ हजार ३५१ मतसहित अग्रस्थानमा रहँदा जसपाका राईले आठ हजार ५३९ मत प्राप्त गरेका छन् । राईलाई एमालेको पनि समर्थन छ । सत्ता गठवनधनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले एक हजार ७५१ मत प्राप्त गरेका छन् ।

Advertisement

Advertisement

Advertisement