पार्टी र गठवन्धनको बहुमत नआउँदै गगन र प्रकाशमान सिंह प्रधानमन्त्री बन्न हतारिए

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका दुई नेता चुनाव जित्नासाथै प्रधानमन्त्री बन्न हतारिएका छन् । कांग्रेसका महामन्त्री गगन थापा र अर्का नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बन्न पहल अघि बढाउने बताएका हुन् । 

थापाले आफूले आजैबाट संसदीय दलको निर्वाचनको तयारी थाल्ने बताएका छन् । यसअघि भावी प्रधानमन्त्रीको रुपमा आफूलाई प्रस्तुत गरेका गगन प्रतिक्रिया दिँदै निर्वाचनले ‘देश हाँक्ने उपयुक्त चालक खोजेको’ बताएका छन् । 

Advertisement

उनले गठबन्धनले बहुमत प्राप्त गर्दै गठबन्धन नेतृत्वको सरकार बन्ने जिकिर गरे । अरुको निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले गगनको विरुद्ध भने नदिनुले धेरैले अर्थपूर्णरुपमा हेरेका छन् । उनी मंगलबार काठमाडौं– ४ बाट पुनः विजयी भएका हुन् । 

यसैगरी, नेता सिंहले पनि भावी प्रधानमन्त्रीको लागि आफूले पार्टीमा छलफल सुरु गर्ने बताएका छन् । प्रधानमन्त्रीका लागि अफर आयो भने पछि नहट्ने बताउँदै उनले आफू हरेक कोणबाट प्रधानमन्त्रीका लागि योग्य रहेको पनि बताएका छन् । 

सिंहले आज चुनाव जितेपछि भने, ‘नयाँ संविधान जारी गरिसकेपछिको प्रथम आम निर्वाचनमा पनि म नेपाली काँग्रेसको संसदीय दलको नेताको लागि प्रतिष्पर्धा गरेकै हो । देशभरबाट काँग्रेसको सांसद जितेर आएकाहरुको छलफल हुन्छ । संसदीय दलको नेताको लागि छान्न प्रोसेस जान्छ । विधि र प्रोसेसमा गइसकेपछि सबै साथीहरुसँग सल्लाह गरेर गर्नेकुरा हो । परिस्थिति फरक भइरहेको छ । म प्रधानमन्त्रीको म योग्य छु, अवसर पाएमा च्यालेन्ज मिट गर्नको लागि अफर आयो भने पछि हट्ने कुरा आउँदैन ।’ उनले यसअघि प्रधानमन्त्रीमा रोलक्रमको कुरा उठाउँदै गगन प्रधानमन्त्री बन्न अहिले नै नसक्ने बताएका थिए । 

Advertisement

Advertisement